दफा १३
अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापन

१३. अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापनका लागि स्थानीय निकायले परिचालक  को भूमिका खेल्नेछ । अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालकहरूले भने विभिन्न मोडालिटिहरू अपनाउन सक्नेछन् । तिनमध्ये स्थानीय निकाय, गैरसरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र र शिक्षालय मोडालिटिहरू प्रमुख हुनेछन् ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ स्थान, आवश्यकता र परिस्थिति हेरी कुनै पनि मोडेलबाट अनौपचारिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ कुनै पनि मोडेलबाट अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्दा स्थानीय स्वायत्त शासन ऐनको परिधिभित्र रही सम्बन्धित निकायले सञ्चालन गर्नेछ ।
♦ कार्यक्रमहरू सञ्चालन गर्नका लागि विभिन्न समिति एवम् उपसमितिहरू बनाउन सकिनेछ ।
♦ जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयमा अनौपचारिक शिक्षासम्बन्धी कार्यक्रम हेर्ने एकाइ गठन गरिनेछ ।
♦ उक्त एकाइहरूले शैक्षिक एवम् गैरशैक्षिक संस्थाहरूले चलाएका अनौपचारिक शिक्षा कार्यक्रमको रेखदेख र अनुगमन गर्नेछन् ।

रणनीति 

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ प्रत्येक मोडेलमा अनौपचारिक शिक्षाबारे जानकार, सहजकर्ताहरूको परिचालन गर्ने ।
♦ भौतिक तथा मानवीय स्रोतको व्यवस्थापन, विकास र स्तरवृद्धिका कार्यक्रम सञ्चालक संस्थाले नै गर्ने ।
♦ कार्यक्रम सञ्चालक संस्थाहरूले घुमन्ते वा अस्थायी बसोबास भएकाहरूका निम्ति घुमन्ते सहयोगी कार्यकर्ताको व्यवस्था गर्ने ।
♦ निरक्षरता उन्मुलन गर्न प्रतियोगितात्मक ढंगबाट स्थानीय निकायहरूको परिचालन गर्ने ।